२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


नेपाल बार एसोसिएसनः अध्यक्षमा प्रगतिशील र महासचिबमा लोकतान्त्रिक समूहको अग्रता


0
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार प्रगतिशील पक्षबाट अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ५२ मतले अग्रता लिएका छन् ।

श्रेष्ठले २ हजार ७ सय ५७ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले २ हजार ७ सय ५ मत ल्याएका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल नै अग्रपंक्तिमा छन् ।

पौडेलले २ हजार ८ सय २७ मत ल्याउँदा प्रगतिशीलतर्फका सुरेन्द्रबहादुर थापाले २ हजार ५ सय ९२ मत प्राप्त गरेका छन् ।

नेपाल बारको नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।