
गोरखा, असोज २१ । गोरखाको पालुङ्टारस्थित मर्स्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वतका अनिश थापाले यस वर्षको लिगलिगे दौड जितेका छन् ।
दौड प्रतियोगितामा ५६ मिनेट १८ सेकेन्ड दौडेर विजयी भएका थापाले श्रीपेचको प्रतिकृति, रु ५० हजार ५५० र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै, गोरखा, मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेन्डमा निर्धारित् दूरी पार गरेर दोस्रो भइ रु ३० हजार ३०५ पुरस्कार जितेका छन् ।
नेपाली सेनाका कृष्ण बस्नेतले ५८ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइ रु २० हजार ५०० पुरस्कार जितेको आयोजक लिगलिगकोट विकास अभियानका सरोज देवकोटाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्