
फाइल फोटो
काठमाडौं, असोज २१ । सभामुख ओनसरी घर्ती शुक्रबार थाइल्यान्ड प्रस्थान गरेकी छन् ।
आफ्नो नियमित स्वास्थ्य जाँच र आफ्ना श्रीमान् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकोसमेत स्वास्थ्य उपचारका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सभामुख घर्तीका प्रेस संयोजक वासुदेव शर्माकाअनुसार सभामुख घर्ती र उनका श्रीमान् पुनको थाइल्यान्डस्थित समितिभेज अस्पतालमा स्वास्थ्य उपचार हुँदै आएको थियो ।
सभामुख घर्ती एक साता बैंककमा रहनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्