
फाइल फोटो
झापा, असोज २१ । स्वास्थ्यमन्त्री गगन थापाले कुनैपनि राजनीतिक आस्थाका आधारमा स्वास्थ्य क्षेत्रमाथि खेलबाड नगर्न दललाई आग्रह गरेका छन् ।
शुक्रबार झापामा उनले ज्यामिरगढी स्वास्थ्यचौकीको भवन उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।
मन्त्री थापाले राजनीतिक आस्थाकै कारण स्वास्थ्य क्षेत्रमा समस्या बढेको बताउँदै यसको दीर्घकालीनरुपमा समाधान गर्न सबै जुट्नुपर्ने धारणा राखे ।
उनले भने–‘स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले विशेष पहल गर्नेछ ।’
सरकारको सहरी विकास योजनाअन्तर्गत् रु एक करोड ३४ लाख ७५ हजारको लागतमा सो ९ कोठे स्वास्थ्यचौकीको भवन निर्माण गरिएको हो ।
उनले गरिब र असहायले पैसाको अभावमा उपचारबाट बन्चित हुन नपरोस् भन्दै सरकारले स्वास्थ्य बिमाका कार्यक्रमसमेत ल्याएको बताए ।
उनले झापामा चाँडै यो योजना लागू गर्ने बताउँदै सबैलाई स्वास्थ्य बिमा गर्नका लागि आग्रह गरे । रासस
प्रतिक्रिया दिनुहोस्