
काठमाडौं, असोज २१ । विश्वकप छनोट फुटबलअन्तर्गत् युएफा समूहमा शुक्रबार राति ९ खेल हुँदैछन् ।
समूह ‘ए’को खेलमा फ्रान्सले घरेलु मैदानमा बुल्गेरियासँग, लग्जेम्बर्गले घरेलु मैदानमा स्वीडेनसँग तथा नेदरल्यान्ड्सले घरेलु मैदानमा बेलारुससँग खेल्दैछन् ।
त्यस्तै, समूह ‘बी’को खेलमा हंगेरीले आफ्नै मैदानमा स्वीट्जरल्यान्डसँग, लात्भियाले घरेलु मैदानमा फारोइ आइल्यान्डसँग तथा पोर्चुगलले घरेलु मैदानमा अन्दोरासँग खेल्दैछ ।
त्यस्तै, समूह ‘सी’को खेलमा बेल्जियमले बोस्निया हर्जगोविनासँग, इस्टोनियाले जिब्राल्टारसँग तथा ग्रीसले साइप्रससँग खेल्ने कार्यक्रम छ ।
सबै खेल नेपाली समयअनुसार राति साढे १२ बजे हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्