काठमाडौं, असोज २१ । शुक्रबार पनि सुनको भाउ ओरालो लाग्नेक्रम जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेर ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ विहीबार पनि तोलामा ४ सय रुपैयाँले कमी आएर ५६ हजार ३ सय रुपैयाँमा आइपुगेको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ८ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५८ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्