
रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, असोज २२ । चाडपर्वसँगै सुनसरीको सीमावर्ती गाविसमा भारतीय डाँकाहरुको समूहले धनमाल चोरी गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
सीमावर्ती गाविसमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानलेसमेत नेपाली भूमिमा पसेर सर्वसाधारणलाई दुःख दिन थालेपछि स्थानीयबासिन्दाले शान्ति–सुरक्षाको महसुस गर्न सकेका छैनन् ।
भारतको विहारसँग सिमाना जोडिएको सुनसरीका एक दर्जन गाउँ विकास समितिका सर्वसाधारण भरपर्दो सुरक्षा व्यवस्था नभएको भन्दै आफ्नो धनमाल चोरी हुने डरले रातभर जागै बस्नुपर्ने बाध्यतामा छन् ।
भारतीय डाँकाहरुको समूहहरुले गाई–भैंसी, खसी–बाख्रा, सवारी–साधनलगायतका सामान लुटेर लान थालेपछि गाई–भैंसीको गोठमा नै सुत्नपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
सीमा क्षेत्रको सुरक्षाको जिम्म लिएको सशस्त्रलेसमेत नियमित गस्ती नगरेकै कारण सुनसरीका सीमावर्ती हरिपुर, श्रीपुर, लोकही, बसन्तपुर घुस्की, कप्तानगन्ज, साहेबगन्ज, अमडुवालगायतका गाविसका सर्वसाधारणहरुको धनमाल भारतीय डाँकाहरुले चोरी गर्ने गरेको स्थानीयको आरोप छ ।
सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सीमा क्षेत्रका बासिन्दाले माग गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्