
सिन्धुली, असोज २२ । सिन्धुलीमा केही वर्षअघिसम्म सुक्खा र उजाड रहेका डाँडापाखाहरुमा स्थानीय सामुदायिक वन र जिल्ला वन कार्यालयको सामूहिक पहलमा वन–जंगलको संरक्षण हुन थालेपछि नांगा ठाउँहरु घना जंगलमा परिणत हुन थालेका छन् ।
जंगल संरक्षण भएसँगै जंगलमा वन्यजन्तु र पक्षीहरु बास बस्न थालेका छन् । चुरेपहाड आसपास क्षेत्रको जंगल सिन्धुली जिल्लाका लागि एक प्रमुख प्राकृतिक स्रोत मानिन्छ ।
चुरे आसपास क्षेत्रको जंगलमा साल, साज र जामुनजस्ता प्रजातिका मिश्रित वनको बाहुल्यता छ ।
उष्ण प्रदेशीय जलवायुयुक्त सिन्धुलीको वनमा हर्रो, अमला, सिमल, सत्तिसाल, सान्दन, कर्मा, बाँस जस्ता जडिबुटी र वनस्पति प्रशस्त पाइन्छ ।
सिन्धुलीका वनहरुमा विभिन्न प्रकारका बहुउपयोगी गैरकाष्ठ वन पैदावार र उत्पादनमा महत्व राख्ने वनस्पति प्रशस्तरुपमा पाइने भएकाले सिन्धुली जिल्लाको वन सरकारी र स्थानीय आय–आर्जनको स्रोतसमेत बन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्