पाल्पा, असोज २२ । पाल्पा जिल्लामा चार वर्षदेखि बाख्रापालनमा व्यवसायीकरण भएको छ ।
हालसम्म जिल्लामा ३१ गाउँ विकास समितिमा ५० देखि ३ सयसम्म बाख्रापालन गर्ने ६६ व्यवसायिक फार्म स्थापना भएका छन् ।
८ स्थानमा समूहमार्फत् व्यवसायिक बाख्रापालन सन्चालन भएका छन् भने दुई स्थान झिरुवास र बौघागुम्वामा बाख्राको स्रोत केन्द्र स्थापना गरिएको छ ।
व्यवसायिक बाख्रापालनबाट वार्षिक २ लाखदेखि ८ लाखसम्म आम्दानी गर्ने कृषक धेरै छन् ।
वैदेशिक रोजगारबाट फर्केका युवाहरुको यस व्यवसायमा आकर्षण बढेको छ ।
जिल्ला पशुसेवा कार्यालयले यस्ता व्यवसायिक फार्महरुलाई खोर निर्माण र व्यवस्थापनका लागि एक लाख रुपैयाँसम्म अनुदान दिँदै आएको छ । आर्थिक वर्ष २०७२÷७३ मा १४ जनाले अनुदान पाएका छन् ।
बाख्रापालक कृषकलाई घाँसका बीउ–बिरुवा, औषधि, खोप र प्राविधिक सहयोग गर्दै आएको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्