
मोरङ, असोज २२ । कोसी राजमार्गअन्तर्गत् टंकिसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट यात्रुबाहक बस ठोकिँदा दुईजनाको मृत्यु हुनाका साथै कम्तीमा २४ यात्री घाइते भएका छन् ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नम्बरको यात्रुबाहक बस शुक्रबार साँझ टंकिसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नम्बरको भारतीय लरीको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देवीका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको हो ।
गम्भीर घाइते उनीहरुको उपचारकाक्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्