१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


बसको टिकट नपाउँदा सास्ती


0
Shares

काठमाडौं, असोज २२ । बडादसैंको सातौं दिन बितिसक्दा पनि राजधानीबाट घर फर्कने सर्वसाधारणले बसको टिकट नपाउँदा सास्ती झेल्नुपरेको छ ।

उनीहरु राजधानीका विभिन्न टिकट बुकिङ काउन्टर चाहर्दासमेत टिकट नपाएपछि राजधानीको नयाँबसपार्कमा पुगेका छन् ।

यातायात व्यवसायी समितिले यात्रीहरुको लागि यातायातको सर्वसुलभ व्यवस्था गरेको दाबी गरेपनि आफूहरुले भने सास्ती खेप्नुपरेको यात्रीहरुको भनाइ छ ।

राजधानीबाट दसैं मान्न देशका विभिन्न भागमा पुग्नुपर्ने सर्वसाधारणले यातायातको अभाव हुँदा सास्ती खेप्नुपरेको हो ।

राजधानीबाट लामो दुरीमा रहेका पूर्व–पश्चिम पुग्ने यातायातको व्यवस्थापन हुन नसक्दा यात्रीहरुले सास्ती खेप्नुपरेको हो ।