
पूर्णप्रसाद न्यौपाने
ओखलढुंगा, असार २४ । समयमै उपचार नपाएकै कारण ओखलढुंगामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । अत्यधिक रक्तस्राव भएपछि समयमै उपचार नपाउँदा खिजिदेम्बा गाउपालिका ९ पात्ले घुन्साकी २१ वर्षीया छोटिन शेर्पाको मृत्यु भएको हो ।
आईतबार बिहान घरमै छोरी जन्माएकी शेर्पाको साल अड्किएर लगातार रक्तस्राव भएको थियो । बर्षाको समयमा निरन्तर पानी परिरहेको र अस्पतालसमेत टाढा भएको भन्दै उपचारमा नलगेपछि उनको घरैमा मृत्यु भएको हो । उनले जन्म दिएको शिशुको अवस्था भने सामान्य रहेको स्वयंसेविका आङफुर्लु शेर्पाले बताईन् ।
खिजिदेम्बा गाउँपालिकाको पात्ले घुन्साबाट खिजिफलाटे स्वाथ्यचौकी पुग्न ४ घन्टाको पैदल यात्रा गर्नु पर्दछ । यातायातको असुविधाका कारण समयमा अस्पताल पु¥याउन नसकिएको शेर्पाको पारिवारिक स्रोत बताउँछ ।
ओखलढुंगाको ग्रामीण क्षेत्रका महिलाहरु समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउन बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्