१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


राजधानीमा नवदुर्गा विशेष साधना


0
Shares

काठमाडौं, असोज २२ । विश्वकल्याण तथा समस्त प्राणीहरुमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै शनिबार राजधानीमा नवदुर्गा विशेष साधनाको अयोजना गरिएको छ ।

विश्वशान्ति अभियान नेपाल श्रीभागवत धामको आयोजना भएको नवदुर्गा साधनामा धामका संस्थापक अध्यक्ष भागवतकिंकर मुरलीधर पोखरेलले प्रवचन गरेका थिए ।

दुर्गासाधना गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहँदै आएको छ ।

राष्ट्रशान्तिका लागि यसप्रकारको साधना हरेक वर्ष गरिनुपर्ने सहभागी साधक–साधिकाहरुको भनाइ छ ।

कार्यक्रममा साधनाको महत्वबारे आचार्य पोखरेलले प्रकाश पारेका थिए ।