
काठमाडौं, असोज २३ । दसैंकाबेला यात्रीहरूको सुविधालाई ध्यानमा राखी दसैं अवधिभर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा शनिबारदेखि सन्चालन गरेको छ ।
उक्त सेवाअन्तर्गत् पहिलो रुटको बस नक्सालबाट सुरु भइ पुतलीसडक, माइतीघर, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ ।
यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भइ मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ ।
साथै, तेस्रो रुटको बस नक्सालबाट सुरु भइ जयनेपाल हलचोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँबसपार्क, तिलिंगेटार, नारायणगोपालचोक, सुकेधाराचोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्