१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


हेटौंडामा दुईओटा बस ठोक्किए, ६५ यात्री घाइते, २५ जना गम्भीर


0
Shares

हेटौंडा, असोज २३ । दुई यात्रीबाहक बस एक–आपसमा ठोक्किँदा हेटौंडामा करिब ६५ यात्री घाइते भएका छन् ।

काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको ना५ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना४ख ४३४३ नम्बरको अर्को यात्रीबाहक बस आइतबार बिहान ४ः४५ बजे हेटौंडा, नारायणगन्ज सडकखन्डको रमनटारमा एकापसमा ठोक्किँदा ती यात्री घाइते भएका हुन् ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अरु सामान्य चोटपटक लागेका यात्री भने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् । रासस