Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा महाअष्टमी मेला, दर्शनार्थीको घुइँचो


0
Shares

टेकराज अवस्थी (इमेज)
डडेल्धुरा, असोज २३ । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठमध्ये डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने महाअष्टमी मेलामा दर्शनार्थीको घुइँचो लागेको छ ।

हरेक वर्ष बडादसैंको महाअष्टमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईका जिल्लाबाट पनि महत्वका साथ मेला भर्न आउने भएकाले अरु समयमाभन्दा दसैंको समयमा उग्रतारा मन्दिर परिसरमा दर्शनार्थीको बढी घुइँचो लाग्ने गरेको छ ।

डडेल्धुराको उग्रतारालगायत नवदुर्गा मन्दिर र बैतडीका निङलासैनी, डिलासैनी, मेलौली, देहिमान्डौं, त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी तथा बाजुरामा रहेको प्राचीन बडिमालिका देवीका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उग्रतारा मन्दिरमा महाअष्टमीका दिन असत्यमाथिको विजयोत्सव र लोककल्याणका लागि देवीदुर्गा महाकालीले राक्षसरुपी महिषासुरको उग्ररुपमा प्रकट भइ बध गरेकाले राँगाको बलि दिने गरिन्छ ।

 

Skip This