Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पाथीभरा जाने यातायात दिनमामात्र चल्ने


0
Shares

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, असोज २३ । ताप्लेजुङ सदरमुकामदेखि पाथीभराका लागि छुट्ने जिप रातको समयमा सन्चालन गर्न रोक लगाइएको छ ।

सदरमुकाम फुङ्लिङबाट सुकेटारहुँदै तल्लो फेदीसम्म जाने मोटरबाटो कच्ची भएकाले रातमा यात्रा गर्न जोखिम हुने भन्दै रोक लगाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

तीर्थयात्रीको बढी चाप हुने यस समयमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्ममात्र यातायातका साधन सन्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

तीर्थयात्री बढी आउने यस समयमा यातायात व्यवसायीले पैसाको लोभमा राति पनि जोखिमपूर्ण यातायात सन्चालन गर्ने भएकाले दुर्घटनालाई रोक्न यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ ।

सदरमुकामदेखि सुकेटारसम्मको सडक कालोपत्रे भएपनि सुकेटारदेखि तल्लोफेदीसम्मको करिब १२ किलोमिटर सडक भने कच्ची रहेको छ ।