१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


नारायणगढ–बुटवल सडकखन्डका अधिकांश पुल जीर्ण, दुर्घटनाको जोखिम बढ्दो


0
Shares

हरि शर्मा (इमेज)
नवलपरासी, असोज २३ । नारायणगढ–बुटवल सडकमा पर्ने नवलपरासीका विभिन्न स्थानमा रहेका पुल जीर्ण बन्दै गएका छन् । जसका कारण पुल भाँचिएर दुर्घटना बढ्ने जोखिम बढेको छ ।

एक सय किलोमिटरको दूरीमा रहेको नवलपरासीका विभिन्न स्थानका झन्डै एकदर्जन हाराहारी पुल जीर्ण बनेका हुन् । केही पुलको रङ–रोगन र सामान्य मर्मत थालिएपनि धेरैजसो जीर्ण छन् ।

पछिल्लोपटक गैंडाकोटस्थित जयश्रीखोलाको पुल भत्किएको एक वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन ।

२०७३ असार मसान्तमा काम पूरा गर्ने गरी दुई करोड ५० लाखको लागतमा एड्भेन्चर कन्ट्रक्सन प्रालिले पुल मर्मत थालेको थियो ।

बढी भारका सवारी–साधन गुड्दा गत २०७२ साउन ११ मा पुल भत्किएको थियो । त्यसको विकल्पमा बेलिब्रिज राखेर सवारी आगमन नियमित गरिएपनि भत्किएको पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो ।

डाइभर्सनबाट एकपटकमा ४/५ ओटामात्र गाडी चल्नसक्ने भएपछि अरु साधनलाई सडकमा केहीबेर कुुनुपर्ने बाध्यता छ ।

३२ मिटर लामो पुल गत वर्षमात्रै मर्मत सम्पन्न भएको थियो ।