१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


अरुण नदीमा राखिएको ‘फेरी’ अलपत्र


0
Shares

कविराज घिमिरे (इमेज)
धनकुटा, असोज २३ । स्थानान्तरणको टुंगो नलाग्दा धनकुटा र भोजपुरको सीमा लेगुवास्थित अरुण नदीमा राखिएको ‘फेरी’ अलपत्र परेको छ ।

२०५६ सालमा सडक निर्माणकाक्रममा नेपाली सेनाले दुई जिल्लामा यातायात सम्पर्क स्थापित गर्न राखेको फेरी अरुण नदीमाथि निर्माण भएको पक्कीपुल सन्चालनमा आएसँगै तीन वर्षयता प्रयोगविहीन छ ।

अलपत्र फेरी प्रयोगका लागि जिल्ला विकास समिति भोजपुरको २३औं जिल्ला परिषद्ले धनकुटाको मुगा र भोजपुरको जरायोटारस्थित सुनवालुवामा सार्ने निर्णय गरेपनि उत्तरी भेगका बासिन्दाले विरोध गरेपछि स्थानान्तरण हुन सकेको छैन ।

उत्तरी भेगका बासिन्दाले भोजपुर र संखुवासभाको सिमाना तुर्केघाटमा राख्नुपर्ने माग गर्दै आएका छन् ।

रेखदेखमा ध्यान नपुर्‍याइँदा लाखौं मूल्यपर्ने फेरीका सामग्री बिग्रिँदै र हराउँदै गएका छन् ।