
डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, असोज २३ । कन्चनपुरको भीमदत्तनगर नगरपालिका, दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोललगायत शुक्लाफाटा वन्यजन्तु आरक्षसँग जोडिएका बस्तीका स्थानीयलाई वर्षेनि जंगलीहात्तीले दुःख दिने गरेको छ ।
सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले वर्षेनि अन्नबाली नस्ट गर्नुका साथै स्थानीयका घर–टहरासमेत भत्काउने गरे पनि यसको समाधानतर्फ कुनै निकायको ध्यान जान सकेको छैन ।
कन्चनपुरको अधिकांश ग्रामीण बस्तीमा जंगलीहात्तीको आतंक बढेको हो ।
प्रायः गरेर अन्नबाली भित्र्याउनेबेलामा सीमावर्ती भारतीय जंगलबाट आउने जंगलीहात्तीको बथानले भीमदत्त नगरपालिका, झलारी पिपलाडी नगरपालिका, दोधारा–चाँदनी नगरपालिका, दक्षिणी क्षेत्र बाइसे विचवा, पुर्नबासलगायतका क्षेत्रमा आतंक मच्चाउने गरेको छ ।
यहाँका स्थानीय दसैं मनाउन छाडेर अहिले हात्ती धपाउनै रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्