
डोलेन्द्र गौतम (इमेज)
बाग्लुङ, असोज २३ । बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर बाग्लुङमा महाअष्टमीको दिन पूजा गर्नेको बिहानैदेखि भीड लागेको छ ।
धौलागिरी अञ्चलबाहेक पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवनलयायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आउने गरेको भगवती गुठी व्यवस्थापक समितिले जनाएको छ ।
आफ्नो मनोकामना पूरा हुने विश्वासमा विभिन्न स्थानबाट भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्