
इनरुवा, असोज २३ । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आइतबार बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
राति र र बिहान अत्यधिक ‘मापसे’ गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भइ गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्