
काठमाडौं, असोज २४ । विश्वकप छनोट फुटबलअन्तर्गत् आइतबार राति भएका खेलहरुमा इटाली र स्पेन विजयी भएका छन् ।
अघिल्लो खेलमा यी दुई टोली आमने–सामने हुँदा १–१ गोलको बराबरी खेलेका थिए ।
आइतबार रातिका खेलमा भने दुबै टोलीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाए ।
इटालीले मेसेडोनियालाई ३–२ ले हराउँदा स्पेनले अल्बानियालाई २–० ले पराजित गर्यो ।
यही समूहको अर्को खेलमा इजरेलले लाइचेस्टेनलाई २–१ ले पराजित गर्यो ।
विश्वकप छनोट फुटबलअन्तर्गत् समूह ‘डी’को खेलमा सर्बियाले अष्ट्रियालाई ३–२ ले हराउँदा आयरल्यान्डले माल्दोभालाई ३–१ ले पाखा लगायो ।
वेल्सले भने जर्जियासँग १–१ गोलको बराबरी खेल्यो ।
यस्तै, समूह ‘आइ’का खेलहरुमा क्रोएसियाले फिनल्यान्डलाई १–० ले, युक्रेनले कोसोभोलाई ३–० ले तथा आइसल्यान्डले टर्कीलाई २–० ले हराए ।
विश्वकप छनोटअन्तर्गत् अफ्रिकी समूहका खेलहरुमा ट्युनिसियाले गिनियालाई २–० ले हराँउदा नाइजेरियाले जाम्बियालाई तथा इजिप्टले कंगोलाई २–१ ले हराएका छन् ।
अल्जेरिया र क्यामरुनले भने १–१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्