
ताप्लेजुङ, असोज २४ । ताप्लेजुङको खेवाङ बजारमा आइतबार राति आगोलागी हुँदा तीन घर जलेर नस्ट भएको छ ।
आगोलागीका कारण करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राति करिब १ बजेबाट सुरु भएको आगोलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, रितुवर्ण दाहाल र कृष्णप्रसाद दाहालको घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
कृष्णप्रसाद दाहालको भान्छाबाट सल्केको आगोले अरु दुई घर पनि जलेका हुन् ।
तीनओटै घरमा पसल रहेको र अलैंचीसमेत गोदाम गरी राखेकाले ठूलो क्षति भएको हो ।
स्थानीय र प्रहरीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्