
काठमाडौं, असोज २४ । नेपाली सेनाले सोमबार (आज)देखि राजधानीमा सर्वसाधारणका लागि निःशुल्क बससेवा सन्चालन गर्दैछ ।
चाडपर्वको अवसरमा सार्वजनिक यातायात सन्चालन कम हुँदा सर्वसाधारण मर्कामा परेपछि सेनाले बडादसैंको महानवमी, दशमी र एकादशीका दिन विभिन्न ८ ओटा रुटमा बस सन्चालन गर्न लागेको हो ।
सेनाले आफ्नै सकल दर्जा (सैनिक र सैनिक परिवार)का लागि पनि लामो दुरीको सवारी–साधन सन्चालनसमेत गरेको छ ।
काठमाडौंबाट पूर्वमा इटहरीसम्म र पश्चिममा धनगढीसम्मका विभिन्न ११ ओटा स्थानका लागि लामो दुरीको सवारी–साधन सन्चालनमा ल्याएको सेनाले जनाएको छ ।
यसैबीच बडादसैंका अवसरमा नेपाल प्रहरीले काठमाडौंमा निःशुल्क बससेवा सन्चालन गरेको छ ।
प्रहरीले काठमाडौंका तीनओटा रुटमा शनिबारबाट बिहान १० देखि बेलुका ७ बजेसम्म निःशुल्क बससेवा सन्चालन गरेको हो । (रुटबारे विस्तृत पढ्न यहाँ क्लिक गर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्