२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पूर्वराष्ट्रपति डा. यादव क्यान्सरमुक्त


0
Shares

                                                                 फाइल फोटो

मधुकर अधिकारी (रासस)

वासिंगटन डिसी, असोज २४ । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भनिन्–‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथिगृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।’

अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाकाबारेमा राससलाई जानकारी दिँदै भनिन्–‘अब बुबा क्यान्सरको संक्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।’

गत अक्टोबर २ तारिखको दिन डा. मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो ।

रोबोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन् ।

यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्कने कार्यक्रम रहेको छ ।