Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


सेनाले चलायो निःशुल्क बस, यस्तो छ रुट


0
Shares

काठमाडौं, असोज २४ । नेपाली सेनाले दसैंकाबेला यात्रीको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकामा सोमबार (आज)देखि निःशुल्क बससेवा सन्चालन गरेको छ ।

एकादशीका दिनसम्म जारी रहने सो सेवाअन्तर्गत् विभिन्न मार्गका लागि ८ गाडी सन्चालन गरिएको छ ।

सो गाडीले नवमी र दसैंका दिन मध्याह्न १२ र साँझ ४ बजे दुई ट्रिप तथा एकादशीका दिन बिहान ६ बजे सेवा थप गरी तीन ट्रिप यात्री ओसार्ने छ ।

उक्त सेवाअन्तर्गत् पहिलोमार्गमा माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कमा सेवा सन्चालन गरिएको छ ।

दोस्रोमार्गमा भद्रकाली, जमल, नारायणगोपालचोक, बुढानीलकन्ठ, बालाजु, सोह्रखुट्टे, कान्तिपथ हुँदै माइतीघर छ ।

तेस्रोमार्गमा माइतीघर, कलंकी, थानकोट, स्वयम्भू, छाउनी, ताहाचल, टेकु हुँदै थापाथली तथा चौथोमा माइतीघर, तीनकुने, गौशाला, जोरपाटी, नारायणगोपालचोक, लाजिम्पाट हुँदै कान्तिपथ छ ।

पाँचौंमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, सातदोबाटो, कोटेश्वर, चापागाउँ, तीनकुने, बानेश्वर र सहिदढोका छ ।

छैटौंमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदढोका र रत्नपार्क छ ।

सातौंमार्गमा चल्ने बस माइतीघर, कोटेश्वर, सूर्यविनायक हुँदै सोहीमार्ग भइ माइतीघर फर्कने छ ।

आठौंमार्गकारुपमा सहिदढोका, कालिमाटी, छाउनी, स्वयम्भू, गोंगबु, सामाखुसी हुँदै रत्नपार्क क्षेत्र रहेको छ ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दसैंका समयमा यात्रीलाई सेवा–सुविधा पुर्‍याउनका लागि निःशुल्क बससेवा सन्चालन गरिएको जानकारी दिए ।

एउटा गाडी ३० देखि ४० यात्री क्षमताको रहेको छ । रासस