१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


खोलाले बगाएपनि श्रीमान् उम्कन सके, श्रीमतीको शव भेटियो


0
Shares

उदयपुर, असोज २४ । कटारी नगरपालिका–७ स्थित बेलस्रोतमा बेलस्रोत खोलाले बगाउँदा स्थानीयवासी ३६ वर्षीया राजकुमारी मगरको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार आइतबार साँझ वर्षासँगै आएको बाढीमा राजकुमारी र उनका श्रीमान् ज्ञानबहादुर थापाले सँगै खोला तरेका थिए ।

दुबैलाई खोलाले बगाएपनि ज्ञानबहादुर उम्कन सफल भएका थिए भने श्रीमती बेपत्ता बनेकी थिइन् ।

श्रीमती मगरलाई सोमबार बिहान मृत फेला पारिएको र कटारी अस्पतालमा शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीका प्रमुख नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए । रासस