१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


भिरबाट लडेर वृद्धको मृत्यु


0
Shares

पर्वत, असोज २८ । पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार एक वृद्धको मृत्यु भएको छ ।

छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट लडेर ज्यान गएको हो ।

स्यानीस्वाँरास्थित आरनमा हँसिया लिएर आएका विकको बिहीबार बिहान १० बजेको समयमा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिप्लो भिरको बाटोमा हिँडेका वृद्धको एक्कासि करिब सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)