Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


सुनको कारोबार बढ्दो, मूल्य घट्दो


0
Shares

काठमाडौं, असोज २८ । दसैंको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

दसैंको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ ।

सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला रु दुई हजार ३०० कमी भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभावले मूल्य घटेको सङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

अध्यक्ष शाक्यका अनुसार विगतमा दसैँ, तिहार, विवाहका याममा दैनिक ३० किलो सुनको कारोबार हुने भए पनि मूल्य उच्च भएका कारण कारोबारमा नकारात्मक प्रभाव परेपछि यस वर्ष करिब ४० किलो दैनिक व्यापार भइरहेको छ ।

त्यसैगरी असली चाँदीको मूल्य रु ८६० बाट घटेर रु ८१० कायम भई कारोबार भइरहेको सङ्घले जनाएको छ । (रासस)