१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


एम्बुलेन्सको ठक्करबाट तीनजना घाइते


0
Shares

इनरुवा, असोज २८ । सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट शुक्रबार तीनजना घाइते भएका छन् ।

रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

सडकपेटीमा बसिरहेका बेला उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । (रासस)