१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


जीवराज आश्रितका परिवारलाई भवन हस्तान्तरण


0
Shares

चितवन, असोज २८ । चितवनको दासढुंगामा २०५० सालमा भएको जीप दुर्घटनामा मृत्यु भएका नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितका परिवारका लागि नेकपा एमालेले बनाइदिएको भवन शुक्रबार हस्तान्तरण गरिएको छ ।

राजधानीमा एक कार्यक्रम गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय आश्रितकी पत्नी माया ज्ञवालीलाई भवन हस्तान्तरण गरेका हुन् ।

कपनस्थित आठ आना सरकारी जग्गामा बनाइएको भवन निर्माण सम्पन्न भएसँगै हस्तान्तरण गरिएको हो ।

स्वर्गीय आश्रितको परिवारका लागि भवन निर्माण गर्न तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ललितपुरमा जग्गा उपलब्ध गराएको थियो । तर पछि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले ललितपुरको जग्गाको सट्टा कपनमा रहेको आठ आना सरकारी जग्गा स्वर्गीय आश्रितको परिवारलाई उपलब्ध गराएको थियो ।

सोही जग्गामा एमालेले विभिन्न दाताहरुबाट चन्दा संकलन गरी करिब ४९ लाखको लागतमा तीन तले घर निर्माण गरिदिएको हो ।

कार्यक्रममा भवन निर्माणका लागि सबैभन्दा बढी चन्दा दिने राधिका पोखरेललगायतका चन्दादाता एवं निर्माणमा सहयोग पुर्‍याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

अष्ट्रेलियामा बस्दै आएकी पोखरेलले भवन निर्माणका लागि अष्ट्रेलियाबाट २९ लाख रुपैयाँ चन्दा संकलन गरिदिएकी थिइन् ।