
फाइल फोटो
भक्तपुर, असोज २९ । शिक्षामन्त्री धनीराम पौडेलले अबको शिक्षालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन् ।
शिल्पकार समाज नेपालले शनिबार भक्तपुरमा आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले प्राविधिक शिक्षालाई मुख्य विषय बनाएर लैजान शिक्षा मन्त्रालय लागेको बताए ।
प्राविधिक शिक्षा र सीपलाई सँगै लैजान सकेमात्र विश्व बजारमा नेपालको शिक्षाले स्थान पाउने उनको भनाइ थियो ।
भूकम्पका कारण भत्किएका विद्यालयको पुनःनिर्माणकाक्रममा इतिहास एवं सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै उनले पुनःनिर्माणमा शिल्पकारहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।
कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा शिल्पकारहरुबाट एसएलसी उत्तीर्ण हुने ४७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा कार्यक्रम संयोजक रत्नप्रसाद शिल्पकार, कार्यक्रमका सभापति पुरुषोत्तम शिल्पकार, नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका जिल्ला संयोजक देवेन्द्र श्रेष्ठलगायतले शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया दिनुहोस्