
भक्तपुर, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार भक्तपुरस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
दसैंको अन्तिम दिन राष्ट्र प्रमुखले यस मन्दिरमा प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।
राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइके, नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यलगायतले टीका एवं प्रसाद प्रदान गरेका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्