१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


ऐतिहासिक रसुवागढीको अस्तित्व संकटमा


0
Shares

रसुवा, असोज ३० । नेपाल र चीनको सिमानामा रहेको रसुवाको ऐतिहासिक रसुवागढीको संरचना संरक्षण र पुनर्निर्माणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

रसुवागढीमा झरेको सुख्खा पहिरोसँगै खसेको ढुङ्गाका कारण रसुवागढीको संरचना लोप हुने अवस्थामा पुगेको हो । पहिरोले ध्वस्त बनाएकोे एक बर्ष बितिसक्दा पनि गढीको संरक्षणमा कुनै पनि निकायले चासो नराख्दा गढी लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

माथिबाट झरेका ठूला चट्टानले गढीका पुराना पर्खाल खोलामा मिसाएको छ भने सडकमा झरेको पहिरो पन्छाउँदाको ठुला चट्टानले चौरको वरपरको आकार नै परिवर्तन गराएको छ ।

विक्रम सम्बत १९१२ मा नेपाल र तिब्बतबीच भएको लडाईमा नेपालको सुरक्षाका लागि जंगबहादर राणाले उक्त गढी निर्माण गरेका हुन् ।