
काठमाडौं, असोज ३० । राजधानीको चाबहिलस्थित गोपीकृष्ण हलसँगै पिपलबोटमा एक सैनिकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
उक्त शव सुर्खेत घर भएका श्रीकृष्ण दल गण राजविराजका प्यूठ प्रताप पुन मगरको रहेको बुझिएको छ ।
झुण्डिएको अवस्थामा फेला परेका नीज पुनले सोही स्थानमा रहेको पीपलबोटमा झुण्डिएर आत्महत्या गरेको आशंका नेपाली सेना र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको छ ।
उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पु¥याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्