१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


बार्सिलोनाको फराकिलो जित, रियल मड्रिडले गर्‍यो आधादर्जन गोल


0
Shares

काठमाडौं, असोज ३० । स्पेनिस लिग ला लिगा फुटबलमा आइतबार चार खेल हुँदैछन् ।

पहिलो खेलमा एलाभेसले मालागासँग १–१ गोलको बराबरी खेलेको छ ।

नेपाली समयअनुसार राति ८ बजे एथ्लेटिक बिलबाओ र रियाल सोसिडाड भिड्दैछन् ।

राति सवा १० बजे स्पोर्टिङ गियोन र भ्यालेन्सिया तथा राति साढे १२ बजे भिल्लारियलले सेल्टाभिगोसँग खेल्ने कार्यक्रम छ ।

यसअघि, शनिबार राति भएका खेलमा दावेदार क्लबहरु बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडले फराकिलो जित हासिल गरेका छन् ।

बार्साले लिओनल मेसी मैदानमा फर्किएपछि डेपोर्टिभो लाकोरुनियालाई ४–० ले हरायो ।

त्यस्तै, रियल मड्रिडले इस्कोको ह्याट्रिकसँगै रियाल बेटिसलाई ६–१ ले हरायो ।

त्यस्तै, एथ्लेटिकोले ग्रानाडालाई ७–१ ले तथा सेभियाले लेगनेसलाई ३–२ ले पराजित गरे ।

यी खेलपछि लिगमा ८ खेलबाट १८ अंकसहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने रियाल समान अंकबाटै दोस्रो स्थानमा छ ।

त्यस्तै, १७ अंकको सेभिया तेस्रो तथा १६ अंकबाट बार्सा चौथो स्थानमा छ ।