
काठमाडौं, असोज ३० । श्रीलंकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिपमा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ ।
यही कात्तिक ३ देखि ७ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुनेछ ।
प्रतियोगितामा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
टिम प्रशिक्षकमा पौडी प्रमुख प्रशिक्षक ओंगदेन लामा र टिम व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ रहेका छन् ।
प्रतियोगितामा नितेशले ५० र १०० मिटर फ्रिस्टायल, २०० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोकमा भाग लिँदैछन् ।
त्यस्तै, देवेशले ५०, १००, २०० र ४०० मिटर फ्रिस्टायल, ५० मिटर बटरफ्लाई, ५०, १०० र २०० मिटर ब्याकस्ट्रोक तथा २०० मिटर व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्दैछन् ।
अनुभवले ५०, १०० र ४०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई, ५०, १०० र २०० मिटर ब्याकस्ट्रोक तथा २०० मिटर व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, सुभमले ५० मिटर फ्रिस्टायल, ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
टोली मंगलबार श्रीलंका जाँदैछ ।
प्रतिक्रिया दिनुहोस्