
चितवन, असोज ३० । चितवनमा सोमबारदेखि हुने टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक विकास शिल्ड समितिले जनाएको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चितवन–११ र हिमालयन युथ क्लब कैलाली भिड्नेछन् ।
प्रतियोगितामा भारतका तीनसहित १५ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्