१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


अफगानिस्तानमा भूकम्प, पश्चिम नेपालमा धक्का


0
Shares

महेन्द्रनगर, कार्तिक १ । सोमबार बिहानै अफगानिस्तानमा गएको भूकम्पको धक्का पश्चिम नेपालमा पनि महसुस गरिएको छ ।

बिहान ६ बजेर १६ मिनेटमा सुदुरपश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको हो । सोही समयमा अफगानिस्तानको जुरामलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

१५ घण्टा यता अफगानिस्तानको जुराम आसपास क्षेत्रमा तीन पटक भूकम्प गइसकेको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतले भने दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तरपश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।