
तेह्रथुम, कार्तिक १ । तेह्रथुमको बसन्तपुरस्थित घुर्मिसे र तीनजुरे पाथिभरा मन्दिर क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ ।
एक दशकदेखि प्रयोग गर्दै आएको कुहिरोबाट पानी जम्मा गर्ने प्रविधि बिग्रिएपछि मन्दिरको दर्शन गर्न आउने दर्शनार्थी, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीलाई खानेपानीको अभाव भएको हो ।
२ हजार ८ सय मिटरदेखि माथि रहेका यी स्थानमा पानीका अरु कुनै मुहान नभएपछि एक दशकअघि कुहिरोबाट पानी संकलन गर्ने प्रविधि जडान गरिएको थियो ।
अहिले बिग्रिएर थन्किएको लामो समय बितिसक्दा समेत सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । करिब १८ लाख रुपैयाँको लगानीमा नेवा नामक संस्थाले कुहिरोबाट पानी संकलन गर्ने जाली राखेर स्थानीय स्तरमै पानी जम्मा गर्ने प्रविधि जडान गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्