
काठमाडौं, कात्तिक १ । नेपालका तन्त्र तथा बज्रयानी बौद्धधर्मका गुरु महापन्डित बद्रिरत्न बज्राचार्यको सोमबार दाहसंस्कार गरिएको छ ।
काठमाडौंको शोभाभगवतीस्थित कर्णदीपमा बज्रयानी बौद्ध परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो ।
पन्डित बज्राचार्यको शवलाई चितामा बसाएर अन्तिम संस्कार गरिएको थियो ।
यसअघि, काठमाडौंको महाबौद्धस्थित महाबुबहालमा उनका शिष्यहरुले धारणी पाठलगायतका बौद्धपाठ गरी न्यूरोड, इन्द्रचोक, बालकुमारी, असन, थायमरु, नघ, क्षेत्रपाटी, धोवीचौर हुँदै शवयात्रा निकाली कर्णदीप लगिएको थियो ।
८४ वर्षीय बज्राचार्यको आइतबार बिहान उपचारकाक्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।
त्यसपछि उनलाई अस्पतालबाट घरमा ल्याएर पञ्चबुद्धको मुकुट पहिर्याएर निधारमा सुन र चाँदीको त्रि–नेत्र लगाएर तन्त्र तथा बज्रयानी बौद्ध परम्पराअनुसार रातभर उल्कान्तिपूजासमेत गरिएको थियो ।
बौद्धधर्मसम्बन्धी दर्जनौं ग्रन्थ लेखिसकेका बज्राचार्यका तीन छोरा र चार छोरी छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्