
काठमाडौं, कात्तिक १ । इंग्लिस प्रिमियर लिग फुटबलको बहुप्रतिक्षित खेलमा सोमबार (आज) राति लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।
घरेलु मैदानमा नेपाली समयअनुसार राति पौने १ बजे हुने खेल जितेर लिभरपुल शीर्ष स्थानका म्यानचेस्टर सिटी र आर्सनलसँग अंक बराबरी गर्न चाहन्छ भने ‘घाइते बाघ’जस्तै बनेको म्यानयु यो खेल जितेर पाँचौं स्थानको चेल्सीसँग बराबरी गर्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।
यो खेलमा पराजित भए म्यानयुलाई अगाडि आउन संघर्ष गर्नुपर्नेछ ।
यसअघि, आइतबार रातिका खेलमा साउथह्याम्पटन र वाट्फोर्ड विजयी भएका छन् ।
आफ्नै मैदानमा भएको खेलमा साउथह्याम्पटनले बर्नलेलाई ३–१ ले तथा वाट्फोर्डले मिडिल्सब्रोलाई उसकै मैदानमा १–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस्