
काठमाडौं, कात्तिक १ । स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् ।
मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा सो बोलपत्र आह्वान गरेको थियो ।
मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो ।
मन्त्रालयको उच्च स्रोतकाअनुसार विदेशी औषधि उत्पादन कम्पनीलेमात्र बोलपत्र हालेका छन् । कुन–कुन कम्पनीले बोलपत्र हाले भन्ने जानकारी मन्त्रालयले सार्वजनिक गरेको छैन ।
स्वदेशी औषधि कम्पनीले लागत मूल्यभन्दा कम मूल्यमात्र पाइने भएकाले बोलपत्र नहालेको बताइएको छ ।
स्वास्थ्यमन्त्री गगन थापाले सो कुराको पुष्टि गर्दै भने–‘मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता गराएनन् ।’ रासस
प्रतिक्रिया दिनुहोस्