काठमाडौं, कात्तिक १ । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ भनि टिप्पणी गरेका छन् ।
भारतको गोवामा भएको ‘ब्रिक्स’ सम्मेलनमा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग उनले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग एकसाथ भेट हुनलाई दुर्लभ र सुखद् संयोग भनि टिप्पणी गरे ।
यो भेटले नेपालीको शिर अझै ठाडो भएको र आफ्नो छाति गर्वले फुलेको उनको भनाइ थियो ।
आफू ‘लाउन्ज’मा बसिरहेकाबेला चिनियाँ राष्ट्रपति सी आएको र करिब २० मिनेट खुलेर सीधा कुरा भएको प्रधानमन्त्री दाहालले बताए ।
सीसँग कुरा भइरहेकैबेला भारतीय प्रधानमन्त्री आइपुगेपछि आफूले त्रिदेशीय साझेदारीको विषयमा कुरा गरेको तर कुनै समझदारी नभएको पनि उनले स्पस्ट पारे ।
दुईदिने गोवा बसाइ उपयोगी र निकै सफल भएको दाबी उनको थियो ।
उनले सम्मेलनमा आफूले ब्रिक्स समूहका विकासशील र अल्पविकसित राष्ट्रले बढी लाभ लिने वातावरण बनाउनुपर्नेमा जोड दिएको पनि उल्लेख गरे ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्