Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बिक्समा प्रधानमन्त्री दाहालको सहभागिता ‘पशुपतिनाथको जात्रा सिद्राको व्यापारजस्तो’


0
Shares

काठमाडौं, कात्तिक १ । परराष्ट्र मामिलाका जानकारहरुले भारतको गोवामा सम्पन्न ‘ब्रिक्स’ सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनु सकारात्मक भएपनि यसले अपेक्षित परिणाम दिन नसकेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेपाल भारत प्रबुद्ध समूहका सदस्य निलाम्बर आचार्यले प्रधानमन्त्री दाहालले चीन र भारतसँग त्रिदेशीय साझेदारीको कुरा उठाएपनि भारतले पुष्टि नगरेको भन्दै यसलाई बढी चर्चाको विषय बनाउनु आवश्यक नभएको बताए ।

यस्तै, चीनका लागि पूर्वराजदूत टंक कार्कीले प्रधानमन्त्री दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुनुलाई ‘पशुपतिनाथको जात्रा सिद्राको व्यापारजस्तो’ भनि टिप्पणी गरे ।

भारत त्रिदेशीय साझेदारीको पक्षमा नरहेको भन्दै उनले नेपालले दुबै देशसँग सम्मानपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।

Skip This