१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम


0
Shares

                                                                 फाइल फोटो

काठमाडौं, कात्तिक १ । छाउनीस्थित महावीर गण (रेन्जर) र अमेरिकी सेनाको विशेष कार्यसमूहबीच सोमबारदेखि संयुक्त तालिम/अभ्यास ‘टिक नेल १७–०१’ सन्चालन भएको छ ।

विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रहने तालिम रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा कात्तिक २६ गतेसम्म सन्चालन हुनेछ ।

तालिमका लागि अमेरिकी सेनाको टोली गत असोज २७ गते काठमाडौं आइपुगेको थियो ।

यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान–प्रदान गर्न सहयोग पुग्नाका साथै नेपाली सेनाको क्षमतामासमेत बृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस