फाइल फोटो
काठमाडौं, कात्तिक १ । सभामुख ओनसरी घर्ती स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने १३५औं अन्तर व्यवस्थापिका–संसदसम्बन्धी सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाने भएकी छन् ।
कात्तिक ७ देखि ११ गतेसम्म चल्ने उक्त सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत, राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरी र संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत सहभागी हुने सभामुखका प्रेस सल्लाहकार वासुदेव शर्माले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्