२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


टुबोर्ग विकास रनिङ शिल्ड आमन्त्रण फुटबलमा चितवनको विजयी सुरुआत


0
Shares

चितवन, कात्तिक १ । चितवन–११ ले टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको उद्घाटन खेलमा हिमालयन युथ क्लब कैलालीलाई ‘ट्राइबेकर’मा ४–३ ले पराजित गर्दै चितवन–११ ले विजयी सुरुआत गरेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको हो ।

प्रतियोगिताअन्तर्गत् मंगलबार सशस्त्र प्रहरी र सहारा क्लब पोखराबीचको खेल हुँदैछ ।

कार्तिक १४ गतेसम्म चल्ने प्रतियोगितामा भारतका तीनसहित १५ टोलीको सहभागिता रहेको छ ।

विजेताले तीन लाख तथा उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।