Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिमरूप दिन जोड


0
Shares

काठमाडौं, कात्तिक १ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिमरूप दिइ कार्यान्वयनमा ल्याउनसके यसबाट यस क्षेत्रका अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापार र आर्थिकबृद्धिमा सकारात्मक योगदान पुग्नसक्ने बताएका छन् ।

भारतको नयाँदिल्लीमा ब्रिक्स र बिमस्टेक सम्मेलनको दौरानमा भएको विजनेश समिटका अवसरमा मन्त्री गौचनले उक्त जोड दिएका हुन् ।

सम्मेलनका दौरान मन्त्री गौचनले भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री निर्मला सीतारामनसँग पनि भेटगरी द्विपक्षीय व्यापार विस्तारका साथै यस क्षेत्रका सदस्य मुलुकहरुबीच सम्पर्क विस्तार गरी व्यापार सहजीकरण गर्ने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।